काठमाडौं ४ का २५०० मतदाता किन्न ६ करोड खर्च गर्दै गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवम काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार गगनकुमार थापाले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता लत्याउँदै मौन अवधि सुरु हुन केही घण्टा मात्र बाँकी रहेको अवस्थामा मतदातालाई डर, धम्की एवम् प्रलोभनमा पार्ने कार्यलाई झन् तिब्रता दिएको पाईएको छ ।

नेपाली काँग्रेस श्रोतका अनुसार काठमाडौं क्षेत्र नं. ४ लाई २७ वटा ब्लकमा विभाजन गरी आज रातिबाटै दुई÷दुई लाखका दरले ५४ लाख विनियोजन गरिसकेका छन् । आजसम्म काठमाडौं ४ का मतदातालाई प्रभाव पार्नेगरी भोजभतेर, असन्तुष्ट पक्षलाई नगद वितरण र करिव २०० कार्यकर्तालाई दुई लाखका दरले वितरण गरेको समेत पाईएको छ ।

काँग्रेस श्रोतका अनुसार २५०० मतदाता किन्न प्रति मतदाता पाँच हजारदेखि पचास हजारसम्म खर्च गर्न ६ करोड विनियोजन गरेको छ ।

नेपाली काँग्रेसबाटै काठमाडौं ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार भएका सन्तोष चालिसेले नगद २ करोड तिरेर गगन थापाबाट टिकट लिएको तथ्य समेत फेला परेको छ । यसैगरी स्वास्थ्यमन्त्री हुँदा गरेको करोडौं घोटाला, बाख्रापालनमा नाममा लिएको करोडौं अनुदान र खासगरी युरोपियन र अमेरिकन एजेन्सीहरुले थापालाई लगानी गरको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्