काठमाडौं ४ को खुल्ला बहस कार्यक्रममा गगन थापा भागेपछि…



काठमाडौं । काठमाडौं क्षेत्र नं ४ का बुद्धिजीवि एवम् कानुन व्यवसायी (वकिल)हरुले आयोजना गरेको खुल्ला बहस कार्यक्रममा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरु गगन कुमार थापा र कुसुम कुमार कार्की उपस्थित नभएपछि कार्यक्रम खल्लो बन्न पुगेको छ ।

काठमाडौं ४ का करिव ४० जना कानून व्यवसायीहरुले बूढानीलकण्ठ नगरपालिका वडा नं ८ स्थित नौलिन स्पोर्टस् भिल्लामा काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवारहरु विच खुल्ला बहस गराउने कार्यक्रम रहेको थियो । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. राजन भट्टराई र प्रदेस सभा सदस्य पदका उम्मेद्वार जयराम थापा उपस्थित भएपनि गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार गगन कुमार थापा र प्रदेस सभाका उम्मेद्वार कुसुम कुमार कार्कीले उपस्थिति नजनाएपछि मूल उद्देश्य बिना कार्यक्रम सकिएको छ ।

काठमाडौं क्षेत्र नं ४ र प्रदेस सभा ४(२) का उम्मेद्वारहरुको समय लिएर आयोजना गरिएको कार्यक्रममा अन्तिम समयमा गठबन्धनका उम्मेद्वार गगन थापा र कुसुम कार्की अनुपस्थित भएपछि बुद्धिजीवी तथा विभिन्न पेशागत क्षेत्रमा रहेका व्यक्तित्वहरुले नेकपा एमालेका उम्मेदवारहरुसँग अन्तरक्रिया सम्पन्न गरेको आयोजक मध्येका एक अधिवक्ता राधिका खतिवडाले बताईन् । 

देशकै महत्वपूर्ण क्षेत्र मानिएको काठमाडौं क्षेत्र नं. ४ को विकास र योजनाका वारेमा गम्भिर छलफल हुने कार्यक्रममा समय अभावको कारण देखाउदै गठबन्धनका उम्मेदवारहरु अनुपस्थित हुनु दुखद् रहेको आयोजकहरुले बताए । 

यो पनि पढ्नुहोस्

जेन–जी परियोजना मार्फत नेपाली युवालाई अमेरिकन एजेन्ट बनाउँदै गगन थापा

एमसीसीका सूत्राधार मानिएका गगन थापाको राजनीतिक छलाङ

लथालिङ्ग सुवर्ण शमशेर क्रिकेट मैदान निर्माणमा किन मौन छन् गगन थापा ?

प्रतिक्रिया दिनुहोस्