एमसीसीका सूत्राधार मानिएका गगन थापाको राजनीतिक छलाङ



काठमाडौं । त्रिचन्द्र कलेजमा तडक भडक सहित विद्यार्थी नेताको रुपमा आएका गगन थापा एकाएक काँग्रेस पार्टी भित्र विभिन्न खुड्किलो पार गर्दै मन्त्री हुने अवस्थासम्म कसरी पुगे र कसले डोर्यायो ? उनलाई कसले उठायो र यति छोटो समयमा यति ठूलो उचाइमा कसले तान्यो ?

गाली गर्ने फलाक्ने र शब्द जाल बुन्ने खुवी भएकालाई ठूलो नेताको रुपमा हेर्ने नेपाली मानसिकताले नयाँ कोणबाट सोच्न अध्ययन गर्न सुरु गरोस् भन्ने उद्देश्यका साथ यी कुराहरु उजागर गर्दैछौं ।

उनको नेपाली शब्दमा राम्रो पकड छ भन्ने कुरामा दुईमत छैन । उनलाई यो उचाइसम्म उनको बौद्धिक क्षमता र उनको वाककलाले  पुर्याएको हो भनेर उनका समर्थकहरुले बोल्ने गर्छन् । काँग्रेसलाई अव युवा नेतृत्वको खाँचो छ र अब गगन अगाडि आउनुपर्छ भनेर बोल्ने उनका शुभचिन्तकलाई तल उल्लेखित शब्दहरुले झट्का दिन सक्छ ।

पहिला उनका गड फादर चाल्स मेन्डेजका बारेमा बुझौं । नेपालमा इसाई धर्म फैलाउन पञ्चायत कालदेखि नै सक्रिय तत्व हुन् मेन्डेज । उनी थुप्रै पटक धर्म परिवर्तनको कसुरमा जेल परेका थिए । उनी विदेशी नागरिकलाई ठगेको मुद्दामा पनि हनुमान ढोकामा थुनिएका थिए । मेन्डेजले संगम इन्स्च्यिुट नामको संस्था चलाएका थिए । बाहिर सुनाउनलाई नेपालमा बौद्धिक मन्थनको साथ अनुसन्धान गराउने र सम–सामयिक समस्याबारे सोधपत्र र पुस्तक प्रकाशित गर्ने देखाएतापनि संगम इन्स्च्यिुट धर्म निरपेक्षता प्रवद्र्धन र नेपाली मुल धर्ममाथि प्रहार गर्ने एवम् पद र कुर्सीको लागि जे पनि गर्न सक्ने प्यादाहरु खोजेर एम्बीसीसँग जोडाउने उद्देश्यका साथ संचालन गरिएको हो । गगन थापा मेन्डेजका होनाहार र जेहेन्दार उत्पादन हुन् ।

नेविसंघको केन्द्रिय सचिव रहेका गगन थापाले २०६२ को श्रावणमा अध्यक्षमा उम्मेदवारी दिने प्रसंगमा गिरिजाप्रसाद कोइरालासँग विवाद गरेका थिए । नेपाल बेच्ने खेलाको तत्कालिन ब्राण्ड एम्बेस्डर गिरिजाका अनुसार गगनले पार्टीका कुरा दरबार पुराउने गर्थे रे उनको यो छेपारोलाई पनि चुनौति दिने खालको खुवीले उनी अमेरिकी एम्बेसीको नजरमा परे । तत्पश्चात थापाको पावरमा पुग्ने भोक देखेर अमेरिकाले उनलाई आफ्नो प्यादा बनाउने निर्णय गरेको थियो र २०६२/६३ को आन्दोलमा ढुंगा हान्दै गरेको तस्विर उनको पोर्ट फोलियो कभर बन्यो । त्यसलगत्तै रेन्डी बेरी जो तत्कालीन अमेरिकी उपराजदुत अर्थात डिपुटी चिफ मिसन थिए । उनीसँग गगनको कनेक्सन हुन पुग्यो, गगन अमेरिकी एम्बेसीको खास पात्र हुन् भन्ने कुरा रेन्डी बेरीले गरेको प्रलेकिकरणमा लेखिएको छ । गगन थापा अमेरिकी मिसनका लागि तयार पारिएको पात्र हुन् ।

पहिलो संविधान सभाको समानुपातिक सभाको सदस्यका रुपमा उनलाई अमेरिकी सिफारिसमा नै ल्याइएको थियो । उनी नेपाली काँग्रेस एवम् संसद भित्रको सबै गतिविधीहरुको सूचना अमेरिकी एम्बेसीसम्म पुर्याउनका लागि खटाईएका व्यक्ति हुन् । अहिले नेपालको संसद सर्भर सबै अमेरिकाको अधिनमा छ । नेपालको संसदमा जे जति पनि गतिविधहरु हुन्छ त्यो सबै अमेरिकी एम्बेसीमा पहिल्यै पुग्छ । त्यसैले पढेलेखेको भएपनि एमसीसीको बारेमा थापाको चेत खुल्न सकेको छैन । बूढाखाडा नेताहरुले त बुझेनन् होला तर थापा जस्ता होनाहार ज्ञानी बुद्धिजीवी नेता कहलाएका नेताले समेत एमसीसीको बुँदाहरुमा रहेको शब्दजालहरु नबुझेको हो अथवा अमेरिकन नुनको सोझो गरेको हो प्रष्टै बुझ्न सकिन्छ ।

कुरा २०७४ सालको हो । चुनावमा विजय भएका गगन थापा विजय जुलस गर्दागर्दै विचमै गायव भए । पछि यथार्थ बुझ्दा उनी धर्म परिवर्तन गर्ने इसाई संगठन सच्चाई केन्द्रको आठौं अन्तर्राष्ट्रिय महासभाको लागि पोखरा पुगेका रहेछन् । उनका लागि चुनाव ताका दिन रात प्रचार गर्दै हिड्ने शुभचिन्तको विजय जुलुस भन्दा गड फादरले आयोजना गरेको  कार्यक्रम प्राथमिकतामा पर्नु कुनै नौलो कुरो होइन । विलिभर्स चर्चमा पनि उनको बाक्लै आवतजावत रहेको छ । अमेरिकी र इसाई दाना पानी खाएर उनको राजनीतिक कद हर्लक्कै बढेको छ ।

नेपाली काँग्रेसमा गगन बबुरो जस्ता छ्यापछ्याप्ति छन् । तर उनीहरुको गड फादरसँग कनेक्सन नभएकाले थापा नै लाटो देशको गाडो तन्नेरी भएका छन् । अमेरिकाले डमरु बझाउन साथ थापा बुर्कुसी मार्न थाल्छन्, थापालाई हार्वडको केनेडी विश्वविद्यालयबाट यसबारेमा दुई दिने तालिम समेत सम्पन्न गरेका छन् । अमेरिकन एम्बेसीले आफ्ना बफादारहरुलाई यस्तै तालिमको नाम दिएर नयाँ योजना बताउने र गोप्य सूचना लिने गर्छ । थापाले सत्ता र शक्तिमा रहदा बाख्रा पालनको नाममा गरिब किसानहरुलाई दिइनु पर्ने अनुदान आफ्नै नाममा पारेका थिए भन्ने आरोप पनि सामाजिक सञ्जाल भरी छ्यापछ्याप्ती देख्न पाइन्छ ।

थापाको १ अर्व २८ करोडको भुँडी भन्ने तस्विर अझै पनि छ्यास्छ्यास्ती सामाजिक संजालहरुमा देख्न सकिन्छ । बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानको भिसी नियुक्तिमा पनि थापाले १४ करोडको घोटाला गरेको र स्वास्थ्यमन्त्री रहँदा वीर अस्पतालको मेडिकल सामानमा खरिदमा समेत उनले १ अर्ब ठगी गरेको कुरा पनि सामाजिक सञ्जालमा उठ्ने गरेको पाईन्छ । तर यस्ता नेतालाई काठमाडौं क्षेत्र नं. ४ का काँग्रेसी शुभचिन्तक एवम् मतदाताहरुले नेपालको एकमात्र आशा र भावी प्रधानमन्त्री भन्दै प्रचारप्रसार गरिरहेका छन् ।  अन्त्यमा, एकपटक सबैले सोच्नुहोला विदेशीका दलालहरुलाई नै सधै नेपाली जनताले साथ, सहयोग र समर्थन गर्दा देश यो अवस्थामा आइपुगेको हो ।

यो पनि पढ्नुहोस्

नवराज भट्टराईले यसरी लोप्पा ख्याए गगन थापाका मुखपत्रलाई !

प्रतिक्रिया दिनुहोस्