नवराज भट्टराईले यसरी लोप्पा ख्याए गगन थापाका मुखपत्रलाई !



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाको चुनावी मुखपत्रको रुपमा चिनिएको बूढानीलकण्ठ नगरपालिका स्थित एक स्थानीय अनलाईन ‘काठमाण्डु खबर’लाई नेकपा एमालेका युवा नवराज भट्टराईले लोप्पा ख्याईदिएका छन् ।

काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत ८ वडा समेटिएको बूढानीलकण्ठ नगरपालिकामा भए गरेका विकास निर्माणसँग जोडेर काठमाडौं खबरले गगन थापाको चुनावी प्रचारप्रसारलाई तिब्र पारिरहेको अवस्थामा युवा नेता भट्टराईले त्यसको ब्याक टु ब्याक खण्डन गरिरहेका छन् ।

कमलपोखरी पुनः निर्माण होस् या धोबीखोला करिडोर सबै क्षेत्रको फोटो वा भिडियोमा गगन थापाको फोटो जोडेर गरिएको चुनावी प्रचारप्रसारलाई निस्तेज पार्न नेकपा एमाले बूढानीलकण्ठले अहिले चुनावी टास्क फोर्स नै गठन गरिसकेको छ ।

‘तावाबाट उछिटिएको माछा भुङ्ग्रामा खस्यो’ भनेजस्तै काँहीकेही नपाएर बूढानीलकण्ठ नगरपालिकामा गत स्थानीय तहमा निर्वाचित नेकपा एमालेको स्थानीय सरकार र केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्र मामिला सल्लाहकार रहेका डा. राजन भट्टराईको पहल समेत गरी १० करोड बजेट बिनियोजन गराई निर्माण सम्पन्न हुने अवस्थामा रहेको बूढानीलकण्ठ नगर अस्पतालबारे काठमाण्डु खबरले गगन थापालाई जाेडी भ्रमपूर्ण समाचार सम्प्रेषण गरेपछि युवा नेता भट्टराईले सामाजिक संजाल फेसबुक मार्फत त्यसको प्रतिवाद गरेका छन् ।

उनले डाटा बेसमा आधारित भिडियो मार्फत भ्रमपूर्ण समाचारका खण्डन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्