हर्क साम्पाङमाथि अमानवीय व्यवहार भयो : युवा संघका प्रवक्ता राई



काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट युवा संघका प्रवक्ता सन्जिप राईले धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ राईमाथि भइरहेको व्यवहार अमानवीय भएको बताएका छन् ।

उनले समाजिक सञ्जालमा लेख्न प्रमुख साम्पाङमाथि भइरहेको व्यवहार अमानवीय भएको भन्दै यस्तो अमानवीय व्यवहार नगर्न समेत सम्बन्धीत पक्षलाई आग्रह गरेका छन् ।

उनले प्रमुख साम्पाङ असली जनप्रतिनिधि र धराने जनताका सेवक भएको बताए । उनले साम्पाङमाथी भइ रहेको व्यवहार सतप्रतिशत अमानवीय र यो लोकतान्त्रिक व्यवस्था माथीको उपहास भएकोपनि बताएका छन् । हरेक असमझदारी र समस्याहरु छ्लफल/सम्वादको माध्यमबाट टुंगाउनु सकिने भन्दै उनले प्रमुख साम्पाङ पनि वामपन्थी भएको बताए । उनले भने, ‘दुनियाँ दुविधामा छैन, स्वतन्त्र मेयर हर्क पुर्ण वामपन्थी हुन् ।’

‘हरेक जनप्रतिनिधिहरुका लागि प्रमुख साम्पाङ सचेत प्रयत्न अनुकरणीय छ । तर आज भइरहेको विभिन्न पार्टीका षड्यन्त्रहरु, पानीका फोका झै फुट्ने छन् ।’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्