इन्जिनमा धुँवा देखिएपछि ७९ यात्रु सवार श्रीएअरलाइन्सको जहाज आकस्मिक अवतरण



नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलमा आज श्रीएअरलाईन्सको जहाज आकस्मिक अवतरण गरिएकाे छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको हाे ।

श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जान लागेको ९ एन- एएनएफ ४३२ नं को जहाजको आकस्मिक अवतरण भएको छ ।

सो जहाजमा ७९ जना यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रमुख चौधरीले बताए । ‘काठमाठौँबाट इञ्जिनीयरको टोली आएर त्यसको विस्तृत अनुसन्धानपछि कारण पत्ता लाग्न सक्छ’ चौधरीले भने ।

विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फूल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको र विमानको प्राविधिक चाँच सुरू भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्