कामपा ७ को समृद्धिका लागि कृष्णमणि भट्टराईको टिम



आगामी ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा काठमाण्डौं महानगरपालिका अन्तर्गत वडा नम्बर सातमा सूर्य ध्वजावहाक उमेद्वार कृष्णमणी भट्टराईको टिम अग्रस्थानमा रहेको छ । आफ्नो पेशा व्यवसायलाई भन्दा जनताको सेवामा सामाजिक र राजनैतिक क्षेत्रलाई प्राथमिकतामा राखी अहोरात्र खटेका कारण यस्तो अवस्था पैदा भएको हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदमा विजयी बनेर वडावासीको सेवा गरेका भट्टराई र उनको उर्जावान नयाँ टिमलाई अहिले वडामा निकै न्यानो स्वागत भएको प्रचार समितीका संयोजक उत्तम अधिकारीले बताएका छन।

वडा नं ७ को विकास र समृद्धिका लागि प्रतिवदत्ता सहित घर घरमा पुगेका नेकपा एमालेका उम्मेदवारहरुलाई जनताले स्वागत सहित शुभकामना दिनुका साथै आफ्ना प्रश्नहरु पनि राखिरहेका छन।

वडा नं ७ को विकास र वडावासीको हित नै आफ्नो मूल उदेस्य रहेको बताउदै अध्यक्ष पदका उम्मेदवार भट्टराईले विगत ५ वर्षमा पुरा गर्न नसकेका कामलाई पुरा गर्ने थप विकास योजना सहित युवा र विद्यार्थी लक्षित कार्यक्रमहरु लागु गर्ने बताएका छन।

प्रतिक्रिया दिनुहोस्