नेकपा (एमाले) बाट सिन्धुलीको गोलञ्जोर गाउँपालिका अध्यक्षमा शंकरराज बराल सर्वसम्मत सिफारिस



नेकपा (एमाले) बाट सिन्धुलीको गोलञ्जोर गाउँपालिका अध्यक्षमा शंकरराज बराल सर्वसम्मत सिफारिसलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ ।

नेकपा एमाले सिन्धुली जिल्ला इञ्जार्ज तथा संघीय सांसद गणेश पहाडीको उपस्थितिमा भएको पालिका स्तरीय पदाधिकारी बैठकले बराललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरको हो । सिन्धुलीमा सर्वसम्मत उम्मेदवार बनाउने गोलञ्जोर गाउँपालसका पहिलो बनेको छ ।

लामो समयदेखि विद्यार्थी संगठनमा क्रियाशिल रहेका नेता शंकरराज बरालले ०४७ सालमा एमालेको संगठित सदस्य लिएका थिए । बासेश्वर गाँउ कमिटी अध्यक्ष हुँदै इलाका कमिटी सचिवको जिम्मेवारी सफलतापूर्ण ढंगले निर्वाह गरेका थिए । पार्टी भूगोलमा लामो समयदेखि सक्रिय रहेका बराल मिलनसार नेताका रुपमा परिचित छन् ।

एमालेबाटै पालिका अध्यक्षका लागि आठ जना (शंकर बराल, नारायण बराल, टीका देवकोटा, डण्ड गुरूङ, ध्रुव श्रेष्ठ, गोविन्द लुंगेली, शंकर लुंगेली र शेखर बस्नेत) रहेकोमा स्थानीय कार्यकर्ताको चाहना बमोजिम बराललाई चयन गरिएको एमाले स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्