विभिन्न पार्टी परित्याग गरी बूढानीलकण्ठ १२ मा दुई दर्जन बढी युवा एमालेमा प्रवेश



विभिन्न पार्टी परित्याग गरी बूढानीलकण्ठ नगरपालिका वडा नं १२ मा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढी युवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले विदेश विभाग प्रमुख तथा केन्द्रिय सदस्य डा. राजन भट्टराईले नवप्रवेशी युवाहरुलाई स्वागत गरेका थिए । बूढानीलकण्ठ १२ का युवा नेता सुवास अधिकारीको नेतृत्वमा २८ युवाहरु नेकपा एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमाले नगर कमिटी उपाध्यक्ष तथा वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईको उपस्थिति तथा रास्ट्रिय युवा संघ नेपाल वडा नं १२ का अध्यक्ष रमेश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रवेश गरेका अधिकारीलाई वडा संयोजक र सज्जन सापकोटालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्