बिभिन्न पार्टी परित्याग गरी बूनपा १० मा दर्जन बढी एमालेमा प्रवेश



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं. १० निखिलेश्वर टोल कमिटीद्वारा आयोजित कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी १३ जनालाई नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रबाट बलबहादुर विश्वकर्मा, दिनेश सुनार, विवेक गजमेर, आकाश सुनार, रमेश गजमेर, विशाल वि.क., दीपा राई, एलम राई, करण वि.क., केशव पुरी, विक्रम सेन्चुरी, पूर्ण बहादुर सुनुवार र नेपाली काँग्रेसबाट रमेश सुनार रहेका छन् ।

कार्यक्रममा नेकपा एमाले बूनपा १० वडा कमिटीका सचिव शम्भुशरण पौडेलको संचालन, वडा कमिटी अध्यक्ष जगत निरौलाको अध्यक्षता, स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यता, नगर प्रवक्ता नवराज भट्टराई, प्रदेश कमिटी सदस्य मिठाराम अधिकारी, जिल्ला कमिटी उपसचिव, जिल्ला कमिटीका सदस्यहरु लगायत स्थानीय कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्