पार्टी र जनसंगठन बीच सम्बन्ध बलियो बनाउन कस्सियो – एमाले बागमती



नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संगठन कमिटीले पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईञ्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा पहिलो पटक पार्टीका २२ वटै जनसंगठनका केन्द्रिय पदाधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि अधिकारीले जनसंगठनहरु वर्ग र समूदायका प्रतिनिधि भएकोले संगठनको उद्देश्य मुताविक जनताको सेवामा लाग्न, गफ भन्दा फिल्डमा गएर जिम्मेवारी बहन गर्न निर्देशन दिँदै जनसंगठनहरु आ-आफ्नो विधान अनुसार चल्ने भएपनि पार्टीको लिकभन्दा बाहिर जान नहुने बताएका थिए।

नेकपा एमाले बागमतीले पहिलोपटक आयोजना गरेको राउण्डटेवल छलफलमा २२ मध्ये अधिकांश जनसंगठनका पदाधिकारीहरुले सहभागी भई आ-आफ्नो संगठनको बागमती प्रदेश स्तरीय संगठन र गतिविधिबारे जानकारी गराएका थिए।

आगामी निर्वाचन तयारीमा जुटेको बागमती प्रदेश कमिटीले प्रदेशभित्रका जनसंगठनको सांगाठानिक संरचना, जिल्ला र पालिका तहसम्म भएका कमिटीहरु, अधिवेशन सम्पन्न भएका जिल्ला र हुन बाँकी जिल्ला र पालिकाहरुको विवरण संगठनका केन्द्रिय पदाधिकारीहरुले प्रस्तुत गरेका थिए।

अन्तरक्रियामा पार्टी एकता, एकता भंग, पार्टी चोईटिएर जनसंगठनमा पारेको प्रभावको बारेमा समेत प्रष्ट रुपमा विवरण प्राप्त भएको थियो। जनसंगठनका नेताहरुले संगठनको अधिवेशनमा पार्टीका नेता र कमिटीले अनावश्यक हस्तक्षेप गरी कतिपय जिल्लामा संगठन विस्तारमा सहयोगी भूमिका निर्वाह नगरेको गुनासो गर्दै आगामी दिनमा पार्टीले कुनै किसिमको हस्तक्षेप गर्नु नहुनेमा जोड दिएका थिए। कतिपय जनसंगठनले पार्टीका जिल्ला अधिवेशनहरुमा प्रतिनिधि नदिएको, जनसंगठनलाई पार्टीले नस्विकारेको समेत बताएका थिए भने धेरैजसो जनसंगठनको धारणा पार्टी प्रति सहयोगीको रुपमा रहेको रिपोर्टिंग आएको थियो।

पार्टी प्रदेश संगठनका अध्यक्ष केशवराज पाण्डेको अध्यक्षता, सचिव विजय सुवेदीको संचालन र उपसचिव रत्न गुरुङ्गले स्वागत मन्तव्य राखेको कार्यक्रममा निवर्तमान अध्यक्ष तथा पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल, जनसंगठनका ईञ्चार्ज भानुभक्त ढकाल, मनोजजंग थापा, रचना खड्का, सरस्वती बस्नेत लगायतका केन्द्रिय नेताहरुको प्रतिनिधित्व रहेको थियो।

सम्बन्धित समाचारहरु

एमाले जनसंगठनका पदाधिकारीको हैसियत पार्टीको प्रदेश कमिटी सदस्य सरह हुने

नेकपा एमाले बागमती प्रदेश अधिवेशन सर्यो : ३ बुँदे निर्देशन जारी (पूर्णपाठसहित)

नेकपा एमाले प्रथम बागमती प्रदेश अधिवेशन माघ ८ गते काठमाडौँमा हुँदै : सम्मेलन तयारीको लागि विभिन्न उप-समिति गठन

प्रतिक्रिया दिनुहोस्