नेकपा एमाले बागमती सम्पर्क कमिटीको अध्यक्षमा अशोक ठकुरी र उपाध्यक्षमा डा. दुर्गा दाहाल



नेपाल कम्युनिष्ट पार्टी ( एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनबाट पूर्व विधार्थी नेता तथा लामो समय सम्पर्क पार्टीको सम्पर्क मन्चमा काम गरेका अशोक ठकुरी अध्यक्षमा निर्वाचित भएका छन्।

त्यसैगरी उपाध्यक्षमा सिन्धुलीको सम्पर्क मन्च हुँदै पार्टीको जनकपुर सम्पर्क मन्च र बागमती प्रदेशको सचिवालयमा काम गरेका पीएचडी होल्डर दुर्गा दाहाल निर्वाचित भएका छन्।

पार्टी श्रोतका अनुसार सचिवमा उत्तम पाठक, उपसचिवमा सरोज मोहन लामा र विष्णु प्रसाद खनाल ‘विवेक’ सर्वसहमत रुपमा निर्वाचित भएका छन्। विभिन्न जिल्लाबाट प्रदेश सम्पर्क कमिटीमा सदस्यहरुको छनोट भएको भएपनि सबैको नामावली भने घोषणा भएको छैन।

प्रतिक्रिया दिनुहोस्