कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न भूभाग हो : नेकपा एमाले (विज्ञप्ति सहित)



नेकपा (एमाले) ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका छन् ।

विज्ञप्तिमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न भूभाग भएको जनाउदै भारतले गरेको बलमिच्याई रोक्न र नेपाली भुभागमा नेपालको व्यबहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न एमाले सरकारसँग माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ” ।

विज्ञप्ति :

Image

प्रतिक्रिया दिनुहोस्