नेकपा एमाले बागमती प्रदेश अधिवेशन सर्यो : ३ बुँदे निर्देशन जारी (पूर्णपाठसहित)



प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बागमती प्रदेश कमिटीले कोरोनाको तेस्रो लहर बढेसँगै नेपाल सरकारले सभा तथा सम्मेलनमा रोक लगाएसँगै पार्टीको प्रदेश अधिवेशन आगामी माघ २८ र २९ गते हुने गरी हालको लागि स्थगित गरेको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेद्वारा आज जारी विज्ञप्तीमा आम नेपाली नागरिकलाई जोगाउनु पार्टीको महत्वपूर्ण जिम्मेवारी भएकाले प्रदेश अधिवेशन माघ २८ र २९ गते गर्ने गरी स्थगित गरेकाले जिल्ला अधिवेशन २२ गतेभित्र सम्पन्न गर्न निर्देशन समेत दिइएको छ ।

यस अधि यहि माघ ८ र ९ गते काठमाडौँमा प्रदेश अधिवेशन गर्ने तयारी भैरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्