सक्षम साकोसको १५ औँ साधारण सभा भव्यताका साथ सम्पन्न (फोटो फिचर)



सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेड (सक्षम साकोस) को १५ औँ बार्षिक साधारण सभा गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा काठमाडौँमा सम्पन्न भएको छ ।

साधारण सभामा प्रमुख अतिथि खाणले संस्थामा आबद्ध ५ जना जेष्ठ नागरिकलाई नगद रु.५०००।– सहित दोसल्ला ओडाएर सम्मान, १०+२ उत्तीर्ण ४ जना विधार्थीलाई नगद रु.५१००।– सहित सम्मानपत्र, एस.ई.ई. उत्तीर्ण ५ जना विधार्थीलाई नगद रु.५०००।– सहित सम्मानपत्र, संस्थामा कारोबार गर्ने असल ऋणी २ जनालाई रु.४०००।– सहित प्रमाणपत्र र १ जना उत्कृष्ट कर्मचारीलाई रु.३०००।– नगद सहित सम्मानपत्रले सम्मान गरिएको थियो । संस्थाका सेयर सदस्य बामदेव अधिकारी नेपाल सरकारको सचिवमा पदोन्नति भएकोमा उनलाई समेत दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

साधारण सभाका केही तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्