एमाले अधिवेशनमा सिन्धुलीबाट सिकोस् : राजधानी काठमाडौंले



नेकपा एमालेले बागमती प्रदेशका सबै जिल्लाहरुमा एकैसाथ उद्घाटन समारोह सम्पन्न गर्यो। बागमती प्रदेश भित्रका भक्तपुर, काभ्रेपलाञ्चोक, रसुवा र धादिङ्गले अध्यक्ष छानिसकेका छन्।

अरु जिल्लाहरुमा नेतृत्व छनोटको लागि गृहकार्य हुँदै छ, कतिपय जिल्लाहरु नेतृत्वको लागि मतदानको पक्षमा छन् भने कतिपय जिल्लाहरु जनवादी केन्द्रियताको नाममा पेलेरै नेतृत्व घोषणा गराउने पक्षमा छन्।

अधिवेशको तेश्रो दिनसम्म आउँदा सिन्धुली जिल्लाले अलि सहज प्रक्रिया अपनाएको देखिन्छ, जुन सर्वसम्मत हुने अवस्थामा नहुँदा सर्वसम्मत हुनेजति घोषणा गर्ने र बाँकी पदको लागि मात्र चुनाव गराउने।

सिन्धुली जिल्लाले अध्यक्ष पछिको महत्वपूर्ण सचिव पदमा नारायण बराललाई सर्वसम्मत गराईसकेको छ भने महिला, जनजाति क्लस्टरमा पनि सर्वसम्मति भएको छ। अहिले खुल्ला सदस्य पद र केहि पदाधिकारीहरुमा निर्वाचन शुरु भएको छ।

अध्यक्षका दुवै प्रत्यासीले निर्वाचनलाई अत्यन्तै सहज रुपमा लिएका छन्। मत माग्दा पनि कतिपय अवस्थामा सँगै हिडेका छन्। जसले जितेपनि पार्टीको नेतृत्व गर्ने हो भन्ने सोचमा दुवै उम्मेदवारहरु मित्रवत प्रतिष्पर्धा गरिरहेको देखिन्छन्।

सिन्धुली अहिले सातौ अधिवेशन गर्दैछ भने काठमाडौं अहिले छैटौँ अधिवेशन गर्दै छ। अघिल्लो अधिवेशनबाट निर्वाचित निर्मल कुईकेललाई झुट्टा आरोप लगाएर मुद्दा चलाएपछि काठमाडौं जिल्ला संगठन कमिटीको भरमा लामो समयसम्म चल्यो।

काठमाडौंको यो अधिवेशन सर्वसम्मत हुने मोडमा देखिएको छैन र वर्तमान पार्टी नेतृत्व सहमतिको नाममा जनवादी केन्द्रीयता लागु गर्ने पक्षमा देखिन्छ। तर अधिकांश कार्यकर्ता सर्वसम्मतिको नाममा ताली पिट्ने पक्षमा छैनन्। यद्दपी सानै भएपनि विभाजनको मारमा परेको काठमाडौं एमालेलाई यस पटकको अधिवेशन फलामको चिउरा जस्तै बन्न पुगेको छ।

प्रतिनिधि तथा कार्यकर्ताहरु मिल्ने पदसम्म सहमति गर र बाँकीमा तत्काल स्वच्छ निर्वाचनमा जाउ भन्ने पक्षमा छन् तर वर्तमान पार्टी नेतृत्व पटक-पटक समय सारेर, प्रतिनिधिहरुलाई थकाएर केन्द्रीयता लाद्ने प्रयासमा देखिन्छ।

सिन्धुलीले पनि सर्वसम्मतिको प्रयास गर्यो। सर्वसम्मतिमा नटुङ्गिएपछि हार्दिक निर्वाचनको पक्षमा लाग्यो। अहिले निर्वाचन शुरु हुनु अघि दुवै अध्यक्षका प्रत्यासी हर्सित मुद्रामा फोटो खिचाउँदै निर्वाचन अभियानमा होमिएका छन्। सिन्धुलीले जस्तै मिलेसम्मका पदहरुमा सर्वसम्मत गर्दै काठमाडौं सौहार्दपूर्ण निर्वाचनमा होमिएला त ?

प्रतिक्रिया दिनुहोस्