गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्नेले मागे माफी



केहीदिन अघि गायक राजेश पायल राईमाथि अमेरिकाको न्युयोर्कमा कार्यक्रमको स्टेजमा नै दुर्व्यवहार भएको थियो । हाल उक्त व्यक्तिले गायक राईसँग माफी मागेका छन् ।

अमेरिकामा रहेका ससाङ लामाले सामाजिक सञ्जाल फेसबुकबाट सो कुराको जानकारी दिँदै गायक राईले पनि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पालाई माफी दिएको जिकिर गरेका छन् ।

लामाका अनुसार हिमाली संस्कार अनुसार शेर्पाले ‘बिजुली पानी’ (रक्सी) राखेर ‘शिर उभाउनी’ गरेर माफी मागेका थिए । लामाले सो विवाद सल्टिएको र गायक राई न्युयोर्कमा रमाइलो गरिरहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्