जनयुद्ध लडेका दोलखा च्यामाका अर्जुन महत एमालेमा प्रवेश : आनन्द पोखरेलद्वारा अबिर लगाई स्वागत



नेकपा (एमाले) बागमती प्रदेश कार्यालयमा दोलखा च्यामेबाट जनयुद्ध लडेका अर्जुन महत र तिर्थ खड्का नेपाली काङ्ग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले नवप्रवेशीहरुलाई खादा र अबिर लगाएर पार्टीमा प्रवेश गराएका थिए ।

No description available.

पार्टी प्रवेश कार्यक्रममा नेता अर्जुन महतले भने,” पार्टीमा विधि र पद्धतिको विकास नभएको पार्टी छोडेको हु । मैले पार्टीको लागि एक्लो भएर लडे, आज पार्टीले वास्ता गरेन । जिम्मेवारी दिदा योगदान र त्यागको मूल्यांकन नगरेकोले आज नेकपा एमालेमा समाहित भएको छु । अब गाउँलाई एमालेमय बनाउने मेरो जिम्मेवारी हो । तर पार्टीले गरेको कामको योगदान गर्नुपर्छ ।”

No description available.

प्रतिक्रिया दिनुहोस्