नेता लीलाधर आचार्यको निधनप्रति नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा शोक व्यक्त



नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य लीलाधर आचार्यको निधनप्रति नेकपा एमाले बागमती प्रदेश कमिटीले शोक व्यक्त गरेको छ ।

पार्टी प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेद्वारा जारी विज्ञप्ति अनुसार लीलाधर आचार्य नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीका सदस्य, तत्कालीन नेकपा माले हुँदै चितवन एमालेको कमिटी सदस्य, जिल्ला सचिवालय सदस्यमा रहेर लामो समयन पार्टीमा योगदान दिएका थिए । उनी साविक कल्याणपुर गाउँ पञ्चायत माडीको २०४३मा जनपक्षीय प्रधानपन्च, दुई कार्यकाल तत्कालीन जिल्ला विकास समिति चितवनको सदस्य, माडी क्याम्पस बसन्तपुरको संस्थापक अध्यक्ष, जनकल्याण मावि कल्याणपुरको संस्थापक प्रमुख नेतृत्वकर्ता, विशेषतः माडी तथा चितवनको विकासमा महत्वपूर्ण योगदान पु¥याउनु भएका समाजसेवी एवम् पार्टीका जुझारु व्यक्तित्व थिए ।

क.लीलाधर आचार्यको भरतपुर–१० स्थित निवासमा ६२ वर्षको अल्पायुमा मिति २०७८ पुस १६ गते राति ९ः३० भएको असामयिक निधनले नेकपा (एमाले) बागमती प्रदेश कमिटी स्तव्ध एवम् मर्माहत भएको छ । कमरेड आचार्यको निधनले पार्टीले एक विकास प्रेमी कुसल व्यवस्थापक तथा संगठक नेता गुमाएको छ । यस दुःखको यस घडीमा दिवंगत कमरेडप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्