एमाले उपाध्यक्षमा हेभीवेट भनिएकालाई पछि पार्दै त्यागी नेता देवराज घिमिरे



भोलिदेखि चितवनमा शुरु हुने नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा विगतमा पार्टीको पदाधिकारीहरुमा जिम्मेवारी पाएका आधा दर्जन नेताहरु उपाध्यक्ष पदमा दाबी गर्दै छन्। यद्दपी तुलनात्मक रुपमा लो प्रोफ़ाईल मानिएका नेकपा एमालेका सादगी नेता देवराज घिमिरेको उपाध्यक्षमा ईण्ट्रि भने धेरैको लागि आश्चर्य भएपनि एमाले महाधिवेशन प्रतिनिधिहरुको लागि भने रोजाईको विषय बन्दै छ।

लामो समय पार्टीको पूर्वी क्षेत्रमा जिम्मेवारी निर्वाह गरेका घिमिरेलाई एमाले वृतमा पूर्वका सूर्यको रुपमा बुझ्ने गरिन्छ। २०३१ सालदेखि पार्टी राजनीतिमा निरन्तर रुपमा क्रियाशील घिमिरेले को.के., नेकपा माले, नेकपा एमाले, नेकपा हुँदै अहिलेपनि नेकपा एमाले १ नम्बर प्रदेश अध्यक्षको रुपमा आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरिरहेका छन्।

पार्टीको केन्द्रिय नेतृत्वमा रहेर २०५८ सालदेखि स्वास्थ्य विभाग, इन्जिनियरिङ विभाग, युवासंघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्रध्यापक संघले उनको कार्यकालमा अव्वल जनसंगठनको रुपमा आफूलाई स्थापित गर्न भूमिका निर्वाह गरे। गुटगत राजनीतिको सिकार बनेका घिमिरले मदन भण्डारी फाउण्डेशनको कार्यालय प्रमुख भएर पनि मदन भण्डारीको विचार र योगदानलाई देशको कुना कुनासम्म विस्तार गरे।

२०४९ सालदेखि पार्टीको केन्द्रिय राजनीतिमा सक्रिय घिमिरेले समकालीन र जुनियर धेरै नेताहरुलाई पदाधिकारी बनाउन निर्णायक भूमिका निर्वाह गरे। त्यसैले यो महाधिवेशनमा घिमिरेले उपाध्यक्षमा उम्मेद्वारी दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। आफू पार्टी प्रमुख र ईन्चार्ज भएर धेरैलाई सांसद बनाएका देवराजले एक कार्यकाल राष्ट्रिय सभामा रहेर योगदान पुर्याए।

कार्यकर्ताको घर-घर जाने, जनताको सरोकारमा प्रत्यक्ष जोडिने घिमिरेले भूगोलको राजनीतिमा आफूलाई समर्पित गर्दा जुन-जुन स्थानमा नेतृत्व गरे, पार्टीलाई सतप्रतिशत विजयी गराउनेदेखि १ नम्बर बनाउने काम गरे। राष्ट्रिय राजनीतिमा खासै चर्चामा नरहेका घिमिरे अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विधादेवी भण्डारीका थोरै भित्रका विश्वास पात्रका रुपमा समेत चिनिन्छन्।

खुला राजनीतिमा आएपछि मदन भण्डारीले समेत विश्वास गरेका घिमिरेलाई यो महाधिवेशनमा पार्टी नेता र कार्यकर्ताले विश्वास गर्छन कि गर्दैनन् ? त्यसको लागि केहि दिन कुर्नुपर्ला तर नेकपा एमालेमा ईमान्दार व्यक्तिलाई जिम्मेवारी दिँदा देवराज घिमिरे पनि उपाध्यक्षमा छुट्नु नहुने १ नम्बर प्रदेशका एक केन्द्रिय सदस्यले बताए।

प्रतिक्रिया दिनुहोस्