नेकपा एमाले काठमाडौं महानगर कमिटीको तुच्चामा हजारौँको सहभागीता : सिंगो बसन्तपुर कार्यकर्ताले खचाखच (फोटो फिचर)



नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ महानगर कमिटीद्धारा नेपाल सम्वत ११४२ नवबर्ष, तिहार, छठपर्व २०७८ को अवसरमा आयोजित शुभकामना आदानप्रदान, तुच्चा (चियापान) एवम् सांस्कृतिक कार्यक्रममा हजारौँको सहभागीताले बसन्तपुर दरबार स्क्वाएर खचाखच भएको थियो।

महानगर कमिटीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि निर्मल देउलाको पहिलो खुल्ला कार्यक्रम सिङ्गो काठमाडौं उपत्यकालाई सकारात्मक सन्देश दिएको एमाले प्रदेश कमिटीका सचिवालय सदस्य निर्मल कुईकेलले बताए। निर्मल देउलाको नेतृत्वमा रहेको कमिटीले आगामी तीनै तहको निर्वाचनमा एमालेलाई अझ शक्तिशाली पार्टी बनाउन सकिने कुईकेलले दावी गरे।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै निर्वाचनहरुमा एमालेलाई पराजित गर्न ५ दलिय गठबन्दनले मात्र होईन, १० वटै पार्टी आएपनि केहि फरक नपर्ने दाबी गरे।

कार्यक्रममा महानगर कमिटीले प्रकाशन गरेको क्यालेण्डर अध्यक्ष केपी ओलीले सार्वजनिक गरेका थिए भने पार्टीका सयौँ कार्यकर्ताहरुले रक्तदान समेत गरेका थिए।

स्वीरमा नेकपा एमालेको तुच्चा कार्यक्रम :

यो पनि पढ्नुहोस !

एमाले महानगरको भव्य तुच्चा कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने, उपस्थितिको लागि अध्यक्ष देउलाको अनुरोध

प्रतिक्रिया दिनुहोस्