एमाले महानगरको भव्य तुच्चा कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने, उपस्थितिको लागि अध्यक्ष देउलाको अनुरोध



नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ महानगर कमिटीद्धारा नेपाल सम्वत ११४२ नवबर्ष, तिहार, छठपर्व २०७८ को अवसरमा आयोजित शुभकामना आदानप्रदान, तुच्चा (चियापान) एवम् सांस्कृतिक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

नेकपा एमाले काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाका अनुसार २०७८ मंसिर ४ गते शनिबार दिनको १ बजे वसन्तपुर दरबार स्क्वायर काठमाडौँमा विविध सांस्कृतिक कार्यक्रम सहित रक्तदान हुनेछ ।

उक्त कार्यक्रम तयारीको लागि काठमाडौँ महानगर कमिटीले मातहतका ३२ वटै शाखा कमिटीहरुलाई परिचालित गरी महानगर भित्रका अधिकांश घरपरिवारलाई निमन्त्रणा पठाइएको छ । निम्तो पाउन छुट्नु भएका पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकहरुलाई उपस्थितिको लागि अध्यक्ष देउलाले अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्