मानवअधिकार एलायन्सको उपत्यका स्तरीय भेला सम्पन्न : एमालेको दशौँ महाधिवेशन व्यापक जनपरिचालन गर्ने निर्णय



नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा मानवअधिकार, सामाजिक न्याय र नागरिक संगठनमा आवद्द व्यक्तिहरुको व्यापक सहभागीता गराउने उद्देश्यले आज मानवअधिकार एलायन्सले उपत्यका स्तरीय भेला बानेश्वरको अल्फाबीटामा सम्पन्न गरेको छ।

नेकपा एमालेका एमाले पोलिटव्यूरो सदस्य विष्णु रिमालको प्रमुख आतिथ्यतामा भएको भेलामा विभिन्न महासंघहरुका अगुवाहरुको सहभागीता रहेको थियो। मानवअधिकार एलाईन्सका अध्यक्ष मीनबहादुर शाहीको अध्यक्षता र संचालनमा भएको भेलामा गैसस महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, रेडक्रस, लगायत विभिन्न महासंघमा आवद्द एमालेका समर्थकहरुको सहभागीता रहेको थियो।

कार्यक्रममा पार्टी नेता रिमालले दशौँ महाधिवेशनले एमालेको आन्तरिक जीवनमा अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै एघारौँ महाधिवेशनबाट पार्टी दोश्रो पुस्तामा पुस्तान्तरण हुने भएकोले पार्टीको आगामी महाधिवेशनबाट आगामी नेतृत्व विकास गर्नुपर्ने बताए।

नेता रिमालले पार्टीको आगामी महाधिवेशनले संविधानले तोकेअनुसार महिला, आदिवासी, जनजाति र पछाडि परेको वर्ग क्षेत्रलाई समावेशी ढंगले केन्द्रिय कमिटीमा जिम्मेवारी दिने समेत जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्