नेकपा एमाले काठमाडौं महानगर कमिटीले बृहत न्हूदँया भिंतुना तथा तुच्चा कार्यक्रम गर्दै



नेकपा एमालेले काठमाडौं महानगर कमिटीले नेपाल संवत् ११४२ नवबर्षको उपलक्ष्यमा पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे प्रमुख आतिथ्यमा मंसिर ४ गते बसन्तपुर दरबार स्क्वाएरमा दिनको १ बजे भव्य रुपमा मनाउने भएको छ।

आज नेपा: व्याङ्क्वेटमा आयोजित भेलाबाट नेपाल संवत्‌ न्हूदँया भिंतुनाको कार्यक्रम भव्यताका साथ सफल पार्न एमालेले महानगर कमिटीका अध्यक्ष निर्मल देउलाकाे अध्यक्षतामा ११४२ सदस्यीय नववर्ष समाराेह समिति गठन समेत गरेको छ भने कार्यक्रमको व्यवस्थापनको लागि विभिन्न कमिटीहरु समेत गठन गरेको छ।

भेलाबाट गठित विभिन्न उपसमितिहरु:
नववर्ष समारोह समिति अध्यक्ष :
निर्मल देउला
प्रचार तथा प्रकाशन संयोजक: उपाध्यक्ष न्हुछेकाजी महर्जन
आर्थिक संयोजक : सचिव गणेश श्रेष्ठ
मञ्च ब्यवस्थापन संयोजक : उपसचिव देबेन्द्र खड्गी
स्वयंसेवक परिचालन संयोजक : उपसचिव सिर्जना भेटवाल
खाद्य ब्यवस्थापन संयोजक : जीवन मानन्धर
रक्तदान ब्यवस्थापन संयोजक : नारायण पौडेल
साँस्कृतिक कार्यक्रम संयोजक : पूर्णकाजी ज्यापू

भेलाका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इञ्चार्ज कृष्णगोपाल श्रेष्ठले शुभकामना तथा तुच्चा कार्यक्रममा बृहत रक्तदान कार्यक्रम पनि हुने बताउँदै आपतकालिन रगतको खाँचो परेमा नेकपा एमाले महानगर कमिटीलाई सम्पर्क गरी ब्लड बैंकबाट रगत प्राप्त गर्न सकिने बताए।

नेता श्रेष्ठले नेकपा एमालेको आगामी महाधिवेशनले,” हावा, हुरी आउँदा ढल्ने नर्कट जस्तो नेता होइन, जस्तो सुकै आँधी, तुफान आउँदा पनि आफ्नो धरातल नछोड्ने सतिसाल जस्तो नेतृत्व आउने दावी समेत गरे।”

भेलालाई सम्बाेधन गर्दै नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीका सदस्य एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌काे मान्यता दिइनु पर्ने माग राजनीतिक रुपमा सर्वप्रथम नेकपा एमालेले अघि सारेको भन्दै ‘नेपाल संवत्‌लाई मौलिक, साँस्कृतिक एवं राष्ट्रिय संवत्‌का रुपमा राजनीतिक तवरले मनाउने पार्टी नेकपा एमाले नै हो।’

प्रतिक्रिया दिनुहोस्