एमालेको संगठित सदस्यमा काभ्रे र सिन्धुलीपछि काठमाडौं जिल्ला, के गर्छन राजधानीका एमाले नेता ?



१ महानगर सहित १० वटा संघीय निर्वाचन क्षेत्र भएको काठमाडौं भन्दा २ निर्वाचन क्षेत्र भएका काभ्रेपलाञ्चोक र सिन्धुलीमा नेकपा एमालेका संगठित सदस्य छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरेर गरिएको पार्टी संगठित सदस्यहरुको विवरण अनुसार नेकपा एमालेको संगठित सदस्यको अन्तिम विवरण यस्तो छ :
काभ्रेपलाञ्चोक–२२,०५५
सिन्धुली– २०,२५७
काठमाडौं– २०,१००
ललितपुर– ८,६०५
भक्तपुर– ५,२८९
मकवानपुर– ९,२५८
चितवन– १५,८११
धादिङ– १२,२४९
रसुवा– १,८३६
नुवाकोट–८,९२६
सिन्धुपाल्चोक– १५,०२५
दोलखा– १२,१५७
रामेछाप– १२,६६२

सधैभरि विवाद, समानान्तर गतिविधि मात्र होईन, दश वर्षदेखि अधिवेशन गर्न नसक्ने बेकामे जिल्लाको रुपमा बागमती प्रदेशमा काठमाडौं जिल्ला रहेको बागमती प्रदेश कमिटीका एक सदस्यले बताएका छन्। बैठक र छलफलमा ठूला-ठूला कुरा काठमाडौंका नेताहरु जनताको घरदैलोमा नगएको समेत उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्