नेकपा एमाले सिन्धुली-काठमाडौं सम्पर्क मन्चले देउसी भैलो कार्यक्रम आयोजना गर्ने



नेकपा एमाले सिन्धुली-काठमाडौं सम्पर्क मन्चले काठमाडौंमा कार्तिक १८ गते लक्ष्मी पुजाको दिन देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।

कोभिड संक्रमणको कारण गतवर्ष मात्रै रोकिएको देउसी भैलो कार्यक्रम यो वर्ष चावहिल स्थित ए-वान पार्टी प्यालेसमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यक्रममा सहभागीताको लागि सिन्धुली स्थायी घर भई काठमाडौंमा बसोबास गर्ने सम्पूर्ण जिल्लावासीलाई सहभागीताको लागि सम्पर्क मन्चका अध्यक्ष नारायण सुनुवारले अपिल गरेका छन्।

सिन्धुली जिल्लामा स्थायी घरभई काठमाडौंमा अस्थायी रुपमा बसोबास गरी विभिन्न पेशा व्यवसायमा संलग्न विभिन्न व्यक्तिहरुलाई फोन तथा सामाजिक संजाल मार्फत निमन्त्रणा गरिएको र निमन्त्रणा नपुगेका साथीहरुलाई यहि सूचना मार्फत सहभागी हुन सम्पर्क मन्चका सचिव बद्री बिक्रम काफ्लेले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्