नेकपा एमाले काठमाडौं महानगर कमिटीको अध्यक्षमा निर्मल देउला, आगामी निर्वाचनमा पार्टीलाई सानदार विजयी गराउने प्रतिबद्धता (फोटो फिचर)



नेकपा एमाले काठमाडौं महानगर कमिटीको प्रथम अधिवेशनबाट युवा नेता निर्मल देउला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् ।

निर्वाचित भएसँगै प्रतिवद्धता सम्बोधनमा अध्यक्ष देउलाले भने, ‘देशकै पहिलो महानगरको रुपमा रहेको काठमाडौं महानगर भित्रका ३२ वडामध्ये १८ वटामा निर्वाचित हाल नेकपा एमालेले विजयी गरेकोमा आगामी निर्वाचनमा दुई तिहाई जनमत ल्याई पार्टी उम्मेद्वारालाई स्थानीय निर्वाचन र प्रदेश तथा संघीय निर्वाचनमा विजयी गराउनेछु ।’

सर्वसम्मत रुपमा छनोट भएको महानगर कमिटीमा १०१ सदस्यहरु रहेका छन् भने विधानको प्रावधान अनुसार १० प्रतिशत मनोनित गरिने अध्यक्ष देउलाले बताएका छन् ।

काठमाडौं महानगरको नवनिर्वाचित पदाधिकारीहरु :

अध्यक्ष : निर्मल देउला

उपाध्यक्ष : पन्नाकाजी महर्जन

सचिव : गणेश श्रेष्ठ

उप–सचिव : सिर्जना भेटुवाल, देवेन्द्र खड्गी

फोटोमा नेकपा एमाले काठमाडौं महानगर अधिवेशन :

प्रतिक्रिया दिनुहोस्