नेकपा एमाले बूढानीलकण्ठको अध्यक्षमा प्रदीप डंगोल र सचिवमा श्रीकृष्ण श्रेष्ठ निर्वाचित



देशभरिकै दोश्रो धेरै जनसंख्या भएको बूढानीलकण्ठ नगरपालिकाको अध्यक्षमा प्रदीप डंगोल र सचिवमा श्रीकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरिएको प्रथम नगर अधिवेशनमा हिजो राति ढिलो गरी सर्वसम्मतिमा अधिवेशन सम्पन्न भएको हो। आगामी ३ वर्षको लागि निर्वाचित कमिटीले आउँदै गरेको स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा पार्टी उम्मेद्वारलाई जिताउने मुख्य कार्यभार रहेको छ।

नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका पदाधिकारीहरु :
अध्यक्ष
– प्रदिप डंगोल, बूनपा ६ वडा
उपाध्यक्ष – शम्भु भट्टराई, बूनपा १२ वडा
सचिव – श्रीकृष्ण श्रेष्ठ, बूनपा १३ वडा
उपसचिव– धोर्जे तामाङ, बूनपा ५ वडा
उपसचिव– सुनिता गुरूङ्ग, बूनपा ११ वडा

पदाधिकारीहरु मध्ये उपाध्यक्ष शम्भु भट्टराई ( वडा नम्बर १२) र सचिव श्रीकृष्ण श्रेष्ठ ( वडा नम्बर १३) बाट निर्वाचित वडाध्यक्ष हुन्। पदाधिकारी र अधिकांश सदस्यहरु टुङ्गिएपनि केहि महिला सदस्यहरु टुङ्गिन बाँकी रहेको सचिव श्रीकृष्ण श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्