समिता र निर्मला बने काभ्रे एमालेमा पहिलो महिला वडा अध्यक्ष



बनेपा नगरपालिका दुई वटा वडामा एमालेको दुईजना वडा कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

हिजो सकिएको पहिलो वडा अधिवेशनबाट वडा नम्बर ५ मा समिता थापा र वडा नम्बर १४ मा निर्मला तामा वडा कमिटी अध्यक्षमा निर्वाचित भएका हुन् ।

एमालेले हिजो काभ्रेको १३ वटै स्थानीय तहका वडामा अधिवेसन सुरु गरेको थियो । जिल्लाको १३५ वटा वडामध्ये हालसम्म ११७ वटा वडामा अधिवेसन सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्