आज नेकपा (एमाले) बूढानीलकण्ठ नगर अधिवेशन हुँदै , १३ वटै वडाबाट मोटरसाईकल र्यालीको तयारी (रुट सहित)



नेकपा कम्युनिस्ट पार्टी ( एमाले ) बूढानीलकण्ठ नगर कमिटीको प्रथम अधिवेश आज ११ बजे बूढानीलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको अमुप्रस्थ पार्टी प्यालेस भेटघाट चोकमा हुँदै छ।
अधिवेशनमा सहभागी हुन सबै वडाबाट र्याली सहित पार्टी नेता ,कार्यकर्ता ,समर्थक ,शुभचिन्तक र नगरवासीको सहभागिता रहने भएकोले सहभागीताको लागि नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलले अनुरोध गरेका छन्।

र्यालीको लागि तोकिएको रुट :

डा नं १, ५, ३ – बूढानीलकण्ठ मन्दिर परिसरमा भेला भई संयुक्त र्याली

वडा नं २ र ४ चपली घुम्तीमा भेला भई संयुक्त र्याली

वडा नं ७ – हात्तिगौड़ा चोकमा भेला भई संयुक्त र्याली

डा नं ८ र ९ – गोल्फुटार चौरमा भेला भई संयुक्त र्याली

डा नं १० ,११ र १२ – कपन ह्यान्डबल अगाडि भई संयुक्त र्याली

डा नं १३ – चुनिखेलमा भेला भएर साप्रेढुंगाबाट वडा नं १० ,११ र १२ संयुक्त र्यालीमा जोडिने

तोकिएका स्थानबाट शुरु गरिएका वडा स्तरीय र्यालीहरु गोल्फुटार चोकमा जम्मा भएर एकीकृत हुने र सो र्यालीलाई पार्टीका नेताहरु सहित कार्यक्रम स्थलमा जाने भएकोले यसै अनुसार आवश्यक तयारी गर्नका लागि सम्पूर्ण वडा कमिटीहरुलाई अध्यक्ष डंगोलले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्