आज ११ बजे राष्ट्रिय सभा गृहबाट अध्यक्ष ओलीको सम्बोधन : उपस्थितिको लागि पार्टी सदस्यहरुलाई अनुरोध



नेकपा एमाले काठमाण्डौ महानगर कमिटीको पहिलो अधिवेशन राष्ट्रिय सभागृहमा सहभागी भएर सोहि कार्यक्रम मार्फत अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट ७५३ वटै पालिकाहरुको अधिवेशनमा प्रमुख अतिथिको रुमपा सम्बोधन गर्ने भएका छन्।

संघीय राजधानी र अत्यधिक जनसंख्या भएको देशकै पहिलो महानगर कमिटी प्रथम अधिवेशन मार्फत देशभरिका पालिका अधिवेशनहरुलाई सम्बोधन गर्नु महानगर कमिटीको गर्वको विषय भएको पार्टी कमिटी अध्यक्ष निर्मल देउलाले बताउँदै अधिवेशनको खुला सत्रमा उपस्थितिको लागि सम्पूर्ण पार्टी सदस्यहरुलाई अनुरोध गरेका छन्।

पदाधिकारी बिहिनतामा संचालित काठमाण्डौ महानगर कमिटीले आजैबाट पूर्णता पाउने छ। महानगर मात्र नभई देशैभरिका पालिका पार्टी कमिटीहरुले पूर्णता पाई नेकपा एमाले पहिले झैँ व्यवस्थित पार्टी बन्नेमा एमाले नेता कार्यकर्ताले विश्वास गरेका छन्।

प्रतिक्रिया दिनुहोस्