नेकपा एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा सुजिता शाक्य र सचिवमा समिर नेपाल



नेकपा एमालेको प्रदेश स्तरीय उपत्यका विशेष कमिटीको अध्यक्षमा सुजिता शाक्य र सचिवमा समिर नेपाल छनोट भएका छन्।

नेकपा एमालेका उपत्यका भित्र रहेका पार्टीका ४ जिल्ला कमिटीहरु (पेशागत,मजदुर, युवा विधार्थी र उधोगी व्यवसायी)हरुलाई समेटेर निर्माण गरिएको यस कमिटीको हैसियत अन्य प्रदेश कमिटी सरह नै रहेको छ।

१७० सदस्य उपत्यका विशेष कमिटीमा अध्यक्ष सुजिता शाक्य केहि समय अगाडि नै जिम्मेवारी प्राप्त गरेका थिईन भने पार्टी महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा कार्यालय उद्घाटन समारोहमा पार्टी केन्द्रिय कमिटीको निर्णय अनुसार सचिवमा समिर नेपाललाई जिम्मेवारी तोकेका थिए।

प्रतिक्रिया दिनुहोस्