नेकपा एमाले नागार्जुन नगर अधिवेशनको तयारी पुरा, उपस्थितिको लागि नगरवासीलाई अनुरोध



नेकपा एमाले नागार्जुन नगर कमिटीको अधिवेशन तयारी अन्तिम चरणमा पुगेको बताएको छ। नगर अधिवेशनलाई व्यवस्थित र भव्य बनाउनका लागि प्रतिवेदन लेखन,कार्यक्रम व्यवस्थापन,प्रचार प्रसार र स्वयंसेवक उप समिति घोषणा गरेको बैठकले प्रतिनिधि छनौट सहित विभिन्न विषयमा निर्णय गरेको नगर कमिटीका अध्यक्ष नन्दन हरि गौतमले जानकारी दिएका छन् ।

कार्तिक ६ गते भएका वडा अधिवेसनहरुले नेकपा एमालेका नेता,कार्यकर्ता,समर्थक,शुभचिन्तहरुमा व्यापक उत्साह देखिएको भन्दै अध्यक्ष गौतमले कार्तिक ९ गते सर्वसम्मत नगर कमिटी घोषणा गर्दै निर्वाचन तयारीको अभियान शुरु गर्ने बताएका छन् ।

नेकपा एमालेमा देखिएको विवाद संगै चोइटिएर बनेको नेकपा एसमा सनाखत गरेका केहि जनप्रतिनिधिहरु नेकपा एमालेमा फर्किसकेको र केहि सघन सम्पर्कमा रहेको जानकारी दिदै गौतमले अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि ९ गते हुने अधिवेसनको उद्घाटनमा सहभागी हुनका लागि आग्रह गरेका छन।

२१ सय ५६ जना संगठित सदस्य रहेको नेकपा एमाले नागार्जुन अधिवेशन कार्तिक ९ गते बिहान ९ बजे भिमढुंगाबाट युवा संघले मोटरसाइकल र्याली गर्दै १० बजे स्टार बैकुट पार्टी प्यालेसमा स्वयम्भूमा हुने जानकारी दिदै गौतमले व्यापक सहभागिताका लागि नगरवासीमा अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्