नेकपा एमाले बूढानीलकण्ठ ११ को अध्यक्षमा कृष्ण भट्टराई र सचिवमा अंगुर पौडेल निर्वाचित (फोटो फिचर)



नेकपा एमाले बूढानीलकण्ठ ११ वडा कमिटीको प्रथम वडा अधिवेसनबाट अध्यक्षमा कृष्ण प्रसाद भट्टराई र सचिवमा अंगुर पौडेल निर्वाचित निर्वाचित भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जुममार्फत सम्बोधन गरिएको वडा अधिवेशनमा केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले शुभकामना मन्तव्य राख्दै नव निर्वाचित वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुले नेकपा एमालेलाई टोल टोलमा विस्तार गरी जनताको दुखसुखमा साथ दिन निर्देशन दिएका छन् ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश संगठन कमिटी सदस्यहरु उद्धव खरेल, मिठाराम अधिकारी , संगम गहतराज, जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक तेज ढकाल, जिल्ला कमिटी सदस्य मधु अधिकारी, नेकपा एमाले बागमती प्रदेश प्रचार विभागका सचिव ध्रुव प्रसाद घिमिरे लगायत नगर कमिटीका नेताहरुको समेत सहभागिता रहेको थियो ।

नेकपा एमाले बूढानीलकण्ठ १० को नव निर्वाचित वडा कमिटीको नामावली :
अध्यक्ष– कृष्ण प्रसाद भट्टराई
उपाध्यक्ष– प्रकाश कटुवाल
सचिव– अंगुर पौडेल
उप सचिव– भोलानाथ दाहाल र अनिता सापकोटा नेपाल
सदस्यहरु,
गीता मिश्र पुडासैनी
महेश्वर खड्का
ज्ञान प्रसाद पोखरेल
भवानी भट्टराई देउजा
सरस्वती न्यौपाने
टेकबहादुर गुरुङ
रत्न नगर्ची दर्जी
तोयानाथ खतिवडा
सुर्य बहादुर लामा
तेज कुमारी बोगटी
राजु पौडेल
बिष्णु माया खड्का
दिल बहादुर कार्की
रामकृष्ण मैनाली
गीता ज्ञवाली
रवीदेबी गोदार
सुशिला सुनार
गोपाल मोक्तान
मनबहादुर प्रजा
समिर लामा
दिलिप राउत क्षेत्री
डिल्ली प्रसाद ओली
बर्षा सुनार
स्वस्तिका सुनार
महेश्वर केसी

पार्टी सचिव अंगुर पौडेलद्धारा सञ्चालन गरिएको कार्यक्रमको अध्यक्षता कृष्ण भट्टराई, स्वागत गिता मिश्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्