नेकपा एमाले बूढानीलकण्ठ-२ लाई युवा केन्द्रित पार्टी बनाउने अध्यक्ष राजेन्द्र श्रेष्ठको उद्घोष



नेपाल कम्युनिस्ट पार्टी (एमाले ) बूढानीलकण्ठ वडा नं २ पार्टी कमिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठले अधिवेशनपछि नयाँ कमिटीलाई युवा केन्द्रित पार्टी बनाउँदै नयाँ पुस्तालाई पार्टीमा जिम्मेवारी दिने उद्घोष गरेका छन्।

वडा अधिवेशनपछि प्रशिक्षण, रचनात्मक कार्यक्रम, संगठन विस्तार र विकास निर्माणका कामहरुलाई एकैसाथ लैजाने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए। गत स्थानीय, प्रदेश र संघीय निर्वाचनमा वडा स्तरीय चुनावी मोर्चाको अग्र भागको नेतृत्व गर्दै पार्टीका उम्मेद्वारलाई निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठ स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुन सफल भएका छन्।

पार्टीको तर्फबाट निर्वाचित पहिलो वडा कार्यालयले विकास निर्माणको क्षेत्रमा युगान्तकारी काम भएको उल्लेख गर्दै सिमित श्रोतमा धेरै कामहरु गर्नुपर्ने भएकोले प्रतिवद्दता अनुसारका केहि कामहरु गर्न बाँकी भएका भएपनि सडक, ढल निर्माण, खानेपानी व्यवस्थापनको क्षेत्रमा उल्लेख्य उपलब्धि हाँसिल गरेको बताएका छन्।

विगतमा पार्टी सचिवको रुपमा कुशलतापूर्वक जिम्मेवारी बहन गरेका श्रेष्ठ मिजासिला र सबैलाई सम्मान गर्ने भएकोले पार्टी कमिटीमा लोकप्रिय रहेको वडा कमिटीका एक सदस्यले बताएका छन्।

अध्यक्ष श्रेष्ठले वडा अधिवेशनपछि योजनावद्द र व्यवस्थित ढंगले टोल – टोलसम्म पार्टी कमिटीहरु गठन गर्दै जनताका समस्याहरु लिपिवद्द गर्दै स्थानीय सरकार मार्फत सम्बोधन गराउने र जनप्रतिनिधिहरुले गरेका कामहरुबारे वडावासीलाई सुसुचित गराउने समेत योजना बनाएका छन्।

भोलि कार्तिक ६ गते हुने वडा अधिवेशनमा सहभागी हुन पार्टीका सदस्यहरु तथा समर्थक शुभचिन्तकहरुलाई उपस्थितिको लागि समेत अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्