नेकपा एमालेको केन्द्रिय कार्यालय बल्खुमा वडा अधिवेशन हुँदै : पार्टीलाई थप उचाईमा पुर्याउने अध्यक्ष विनोद थापाको उद्घोष



नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) काठमाडौं महानगर वडा नं १४ पार्टी कमिटीका अध्यक्ष बिनोद थापाले वडा अधिवेशनपछि प्रशिक्षण, रचनात्मक कार्यक्रम र संगठन विस्तारको माध्यामले पार्टीलाई थप उचाईमा पुर्याउने उद्घोष गरेका छन् ।

विगतको स्थानीय , प्रदेश र संघीय निर्वाचनमा वडा स्तरीय चुनावी मोर्चाको अग्र भागको नेतृत्व गर्दै पार्टीलाई निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थापाले वडा अधिवेशनपछि योजनावद्द र व्यवस्थित ढंगले टोल – टोलसम्म पार्टी कमिटीहरु गठन गर्दै जनताका समस्याहरु लिपिवद्द गर्दै स्थानीय सरकार मार्फत सम्बोधन गराउने र जनप्रतिनिधिहरुले गरेका कामहरुबारे समेत सुसुचित गराउने बताएका छन् ।

पार्टीको मुख्य काम आगामी निर्वाचन केन्द्रित हुने बताउँदै थापाले वडामा हुने पार्टी काम र गतिविधिले सिङ्गो महानगरपालिकालाई प्रभावित बनाउने भएकोले पार्टी अध्यक्षको हैसियतले सबै किसिमको भूमिका निर्वाह गर्ने समेत जनाएका छन् ।

अबको वडा नं १४ कमिटी पार्टी नीति र विचारप्रति प्रतिवद्ध र जनताको सेवामा निष्ठावान हुने बताउदै भोलि कार्तिक ६ गते नेकपा एमाले केन्द्रीय कार्यालय मदननगर बल्खुमा १० बजे शुरु हुने अधिवेसनमा सहभागी हुनका लागि सबैमा पार्टी सदस्यहरुलाई अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्