नेकपा एमाले चितवनमा १० बुदे सहमति कार्यान्यन : तोकिएकै समयमा अधिवेशनहरु हुने



नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला संगठन कमिटीको हिजो सम्पन्न जिल्ला अधिवेशन आयोजक कमिटीको तेश्रो पूर्ण बैठकबाट पार्टी भित्र देखिएका आन्तरिक समस्या समाधान गरी कार्तिक ६ गते वडा अधिवेशन र ९ गते पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय भएको पार्टी बागमती प्रदेश पार्टी अध्यक्ष आनन्द पोखरेलले जानकारी दिएका छन्।

नेकपाको एकता अभियान बीचैमा टुटेपछि एमालेभित्रका माधव नेपाल सहित केहि नेताले समानान्तर कमिटी गठन र माओवादी केन्द्रसँग एकता हुँदाको अवस्थामा तात्कालीन जिम्मेवारी बाँडफाडको सम्बन्धमा बागमती प्रदेशको चितवन जिल्लामा मात्र समस्या देखिएको थियो। बागमती प्रदेशका अन्य जिल्लाहरुमा खासै समस्या देखिएको छैन।

नेकपा एमालेले आगामी दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेसँगै पार्टीको आन्तरिक विवाद मिलेपछि पार्टीको राष्ट्रिय महाधिवेशन र चितवन पार्टी कामले नेकपा एमालेको दिग्विजयलाई कसैले रोक्न नसक्ने अध्यक्ष पोखरेलले बताएका छन्।

नेकपा एमालेले पार्टीको दशौँ महाधिवेशन चितवन मै गर्ने र अधिवेशनको आयोजनाको मुख्य जिम्मेवारी पार्टी नेता राम बहादुर थापा “बादल” लाई नै दिनुलाई नेपाली राजनीतिभित्र विशेष रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्