नेकपा एमाले बूढानीलकण्ठ- ११ को वडा अधिवेशन तयारीको काम अन्तिम चरणमा पुगेको छ : अध्यक्ष कृष्ण भट्टराई



नेपाल कम्युनिस्ट पार्टी (एमाले ) बूढानीलकण्ठ वडा नं ११ पार्टी कमिटीका अध्यक्ष कृष्ण भट्टराईले कार्तिक ६ गते हुने वडा अधिवेशनको तयारी तिब्र रुपमा अगाडि बढेको बताएका छन्।

वडा भित्र क्रियाशील १७५ जना पार्टी संगठित सदस्यहरुको लिस्टिंग गर्ने कामको साथ-साथै स्वयंसेवक र पर्यवेक्षक छनोटको काम सकिएको जानकारी गराएका छन्।

पार्टी केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा हुने अधिवेशनको खुल्ला सत्रमा सहभागी हुन पार्टीका सुभेच्छुक, शुभचिन्तक र समर्थकहरुलाई निमन्त्रणा गर्ने क्रम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्