नेकपा एमालेलाई बूढानीलकण्ठ-१० मा थप उचाईमा पुर्याउने वडाध्यक्ष जगत प्रसाद निरौलाको उद्घोष



नेपाल कम्युनिस्ट पार्टी (एमाले ) बूढानीलकण्ठ वडा नं १० पार्टी कमिटीका अध्यक्ष जगत प्रसाद निरौलाले वडा अधिवेशनपछि प्रशिक्षण, रचनात्मक कार्यक्रम र संगठन विस्तारको माध्यामले पार्टीलाई थप उचाईमा पुर्याउने उद्घोष गरेका छन्।

विगतको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा वडा स्तरीय चुनावी मोर्चाको नेतृत्व गर्दै पार्टीलाई निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका निरौलाले वडा अधिवेशनपछि योजनावद्द र व्यवस्थित ढंगले टोल-टोलसम्म पार्टी कमिटीहरु गठन गर्दै जनताका समस्याहरु लिपिवद्द गर्दै स्थानीय सरकार मार्फत सम्बोधन गराउने र जनप्रतिनिधिहरुले गरेका कामहरुबारे समेत सु-सुचित गराउने बताएका छन्।

पार्टीको मुख्य काम आगामी निर्वाचन केन्द्रित हुने बताउँदै नगरपालिका भित्रको सबैभन्दा बढी घरपरिवार र जनघनत्व भएको हुनाले यस वडामा हुने पार्टी काम र गतिविधिले सिङ्गो नगरपालिकालाई प्रभावित बनाउने भएकोले पार्टी अध्यक्षको हैसियतले सबै किसिमको भूमिका निर्वाह गर्ने समेत जनाएका छन्।

वडा भित्र क्रियाशील २ सय भन्दा बढी पार्टी संगठित सदस्यहरुले सहभागी जनाउने वडा अधिवेशनको तयारीको लागि पार्टीका सबै सदस्यहरुलाई खुल्ला सत्र र बन्द सत्रको लागि निमन्त्रणा गर्ने कार्य सम्पन्न हुन लागेको जानकारी दिँदै वडा अधिवेशनमा अनिवार्य रुपमा सहभागी हुन पार्टीका संगठित सदस्य, समर्थक र शुभचिन्तकहरुलाई अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्