भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगाबीच भेटवार्ता



एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तानसहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको छलफल भएको जनाइएको छ ।

वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द(प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् । प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग यो पहिलो व्यक्तिगत भेटवार्ता हो ।

सो अवसरमा दुबै प्रधानमन्त्रीले मुम्बई -अहमदाबाट हाई स्पीड रेल (MAHSR) परियोजनको शुरुवात र समयमै यसको कार्यान्वयनका लागि आ आफ्नो तर्फबाट प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्