दिल्ली अदालतमा गोली चल्दा ४ जनाको मृत्यु



नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थित रोहणी अदालतम शुक्रबार गोली चलेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार गुण्डा नाइके जितेन्द्रमान गोगीलाई अदालतमा उपस्थित गराउँदा अज्ञात आक्रमणकारीले उनीमाथि गोली प्रहार गरेका थिए ।

गोगीको घटनास्थलमै मृत्यु भएको छ । यस्तै गोली चलेपछि प्रहरीले जवाफी कारबाही गर्दा तीनजना घाइते
भएका छन् । यो गोलीकाण्डपछि वकीलहरुले सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले आफूहरुलाई छुट्टै परिचय पत्र आवश्यक भएको बताएका छन् ।

आक्रमणकारीहरु वकीलको भेषमा अदालतमा प्रवेश गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्