भारतीय तस्कर समूहको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते



धनगढी । कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

सोमबार साँझ करिब ८ बजेको समयमा दोधारचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् ।

आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्