माधव नेपालविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै



काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्तीको अन्तरिम आदेश माग गर्दै दायर गरेको मुद्दाको सुनुवाइ आज मंगलबार हुँदैछ । न्यायाधीशद्धय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि हेर्द हेर्दैमा राखिएको थियो ।

एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको भन्दै एमालेले सभामुख अगिनप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेको हो ।

रिटमा १४ सांसद कारवाही नगर्ने सभामुखको निर्णय खारेज हुनुपर्ने, एमालेले कानुन बमोजिम गरेको कारवाही कार्यान्वयन गरी सूचना टाँस्न अन्तरिम आदेश दिनुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्