गायक तथा संगीतकार श्री खत्रीको ‘जाँदैछु’ सार्वजनिक



काठमाडौँ । गायक तथा संगीतकार श्री खत्रीले प्रयोगात्मक भिडियो जाँदैछु सार्वजनिक गरेका छन् । ‘जाँदैछु’ बोलको उक्त भिडियो अन्तरास्ट्रिय बाल दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । सार्वजनिक एनिमेटेड भिडियोले बाल श्रम र सडक बाल बालिकाको कथा बोल्छ ।

भिडियोमा प्रतिक बास्तोला र सुगम थापाले गिटारको काम सम्हालेका छन् भने सार्वजनिक गीतमा विप्लब प्रतिकको शब्द रचना रहेको छ। एनिमेसन भिडियो  The One who Animates (बिबिन मानन्धर) ले तयार पारेका हुन् । लिफर्स म्युजिक ब्याण्डको गीत आफ्नै अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्