बोक्सी आरोपमा महिलामाथि निर्घात कुटपिट



काठमाडौं । पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै निर्घात कुटपिट भएको छ । कुटपिटमा संलग्न धामीसहित ४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख अशोक सिंहले बताए ।

उनका अनुसार पक्राउ परेकामा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् ।

‘स्वयम्भूको ठूलो भर्‍याङमा ९ दिनअघि भएको घटनाबारे जाहेरी परेपछि पक्राउ गरिएको हो,’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले भने, ‘बोक्सी आरोपसम्बन्धी कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्