नेकपा समाजवादी प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएको छन् । सोमबार बसेको संसदीय दलको बेठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) रोजेका १० प्रदेश सभा सदस्यलाई मान्यता दिएसँगै सो पार्टीको दलको बैठक बसी संसदीय दलको नेतामा राईलाई चयन गरिएको हो ।

बैठकबाट हामीले राजेन्द्रजीलाई दलको नेता चयन गरेका छौं, समाजवादीका अर्का सांसद राजन राईले भने, आज प्रदेशसभामा दलको नेता चयन र भीम आचार्र्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी सहितको पत्र पठाउने छौं, ।

प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादीको पक्षमा गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्