एमालेले माग्यो सभामुखको राजीनामा, सर्वदलीय बैठकमा नजाने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको राजीनामा मागेको छ । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै आएको एमालले प्रतिनिधिसभा लगातार अवरोध गरिरहेको छ ।

संसदको अवरोध खुलाउन विषयमा सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका छन् । सो बैठकमा पनि एमाले नजाने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा गएर केही उपलब्धि नहुने भएको आफूहरु बैठकमा नजाने बताए ।

प्रतिक्रिया दिनुहोस्