सत्तारुढ गठबन्धनको बैठक जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल



काठमाडौँ । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको प्रधानमन्त्री शेरबहादुर देउबाका प्रमुख स्वकीय सचिव भानु देउबाले जानकारी दिए ।

सरकार गठनको दुई महिना हुँदा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री देउबाको आलोचना हुँदै आएको छ । तर, अझै केही दिन मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्