संसद्‍मा आज बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेश हुने



काठमाडौं । सरकारले आजको संसद् बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरे पनि अर्थमन्त्री जनार्दन शर्माले विपक्षीको घेरा तोडेर विधेयक टेबल गर्ने सत्तापक्षको तयारी छ ।

यसअघि भदौ २३ को बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एमालेको अवरोधकै बीचबाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सदनसमक्ष टेबल गरेका थिए ।

पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई भने वर्तमान सरकारले परिमार्जन गर्ने भएको छ । यही कारण बजेट अध्यादेश जस्ताको त्यस्तै प्रस्तुत नगरेर प्रतिस्थापन विधेयक ल्याउन लागिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्