राष्ट्रिय एकता कायम गरी एमसीसी पास गर्ने पक्षमा छौं : प्रचण्ड



काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेकी अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट तीब्र पारेकी छन् ।

प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीलाई भेटेर राजनीतिक भेट यात्रा थालेकी उनी सत्तासीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न शुक्रबार बिहान खुमलटार पुगिन् ।

प्रचण्ड निवास ललितपुरको खुमलटारमा शुक्रबार बिहान झण्डै एक घण्टा भएको भेटमा सुमारले एमसीसी परियोजना पास गरेर अघि बढ्न आग्रह गरेकी थिइन् ।

जवाफमा प्रचण्डले आफूहरु राष्ट्रिय एकता कायम गरी एमसीसी पास गर्ने पक्षमा रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्